घुस लिएको आरोपमा नेपाल प्रहरीका डीएसपी बर्खास्त

 श्रावन १०- काठमाण्डौ, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई बर्खास्त गरेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार डीएसपी केसीलाई भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरिएको हो । इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा केसीले सुन व्यापारी किसन विकसँग घुस लिएको घटनामा निलम्बनमा परेका थिए । प्रहरी प्रधान कार्यालयले केसीलाई बर्खास्त गर्न असार दोस्रो हप्ता गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्