जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं महानगरपालिका-७ गौशला लाहुरेटोल बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचानाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ६ सय ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

 

सुनसरी, धरान उपमहानगरपालिका-१० सेफ फुड गार्डेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर आमचौक गाउँपालिका बस्ने ३५ वर्षीय राजेन्द्र श्रेष्ठ समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७ हजार ६ सय ४० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

 

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  स्रोत: नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्