झापामा सशस्त्रमाथि ढुंगामुडा !

झापा, ९ साउन । झापामा सशस्त्र प्रहरीमाथि ढुंगामुडा र हातपात गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा झापा गाउँपालिका–१ स्थित रसुनगञ्ज निवासी जितेन यादव रहेका छन् । घटनामा संलग्न मुख्य योजनाकार चन्द्रमोहन यादवसहित तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।

 

ड्युटीमा खटिएका सशस्त्र प्रहरी चढेको गाडीलाई लक्षित गरी यादवसहित चार जनाको समूहले करिब एक महिनाअघि ढुंगामुडा गर्दै हातहतियार खोस्ने प्रयास गरेका थिए । त्यसपछि सशस्त्रले उनीहरुबिरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा यादवलाई शनिबार पक्राउ गरेको र चन्द्रमोहन लगायत तीन जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीले यादवविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको डीएसपी रिजालले बताए । आजको पूर्वाञ्चल दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्