बस र ट्रक जुधेर दूर्घटना हुँदा ११ जना घाईते, दूर्घटनाका कारण सडक अबरुद्ध

 

चितवन- नारायण-मुगलिङ सडक खण्डको १४ किलो भन्ने स्थानमा बस र ट्रक एक आपसमा ठक्कर खादा ११ जना घाईते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

 

बिहान करीब साढे ७ बजेको समयमा नारायणगढबाट मुगलिङतर्फ गईरहेको रा १८ ख २२३६ नम्बरको बस र बिपरीत दिशाबाट आईरहेको ना ६ ख ४९४२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

 

दुर्घटनामा ट्रकका चालकको खुट्टा च्यापिएको कारण निकाल्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ । घाईतेहरु ११ जनाको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ ।

 

घाईतेहरुको अबस्था सामान्य रहेको छ । दुर्घटनाका कारण नारायणगढ मुगलिङ सडक अबरुध्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्