समुद्रमा तैरिरहेको भेटियो ५ हजार ३ सय किलो कोकिन, यसको बजार मूल्य १ खरब २४ अर्ब रूपैयाँ

इटालीको प्रहरीले समुन्द्रमा तैरिरहेको ५३०० किलो कोकिन बरामद गरेको छ । सिसली महानगरीय प्रहरी परिसरले शुक्रबार सो जानकारी दिएको हो । कोकिनको मूल्य ८५० मिलियन युरो (१ खर्ब २४ अर्ब रूपैयाँ) रुपैयाँ रहेको बताइएको छ । रिपोर्टका अनुसार प्रहरीलाई दक्षिण अमेरिकाबाट एउटा जहाजमा कोकिन पठाइएको सूचना प्राप्त भएको थियो ।

 

त्यसयता इटालीको कोस्ट गार्डले त्यहाँबाट आउने जहाजमाथि नजर राखिरहेको थियो । प्रहरीबाट बच्न तस्करहरूले कोकिनको प्याकेट समुन्द्रमा फ्याँकेका थिए । त्यसपछि इटालीको ड्रग माफियाले माछा मार्ने डुङ्गामा राखेर कोकिन ओसारपसार गरिरहेको थियो । यसैबीच, इटालीको निगरानी विमानले उनीहरूलाई देख्यो।

 

लागूऔषध तस्करलाई देखेपछि कोस्ट गार्डको विमानले सिसिलियन प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटनास्थलमा पुगेर २ ट्युनिसियाली, १ इटालियन, १ अल्बेनियन र एक फ्रान्सेली तस्करलाई पक्राउ गरेको थियो । ती व्यक्तिलाई सोधपुछ गरेपछि तस्करहरूले कोकिन इटाली पठाउने बारे पत्ता लगाउने काम भइरहेको छ ।

 

साथै प्रहरीले समयमै गरेको कारबाहीलाई सिसिलीका अध्यक्ष रिनाटो सिफानीले प्रशंसा गरेका छन् । उनले भने– लागुऔषध हाम्रो देशको ठूलो समस्या हो । केही निर्लज्ज मानिसहरूले परिवार र मानिसहरूलाई खतरामा पार्न यसको बीउ रोपेका छन्।

 

यसअघि अप्रिल महिनामा पनि इटालीको कोस्ट गार्डले समुन्द्रमा तैरिरहेको लागुऔषध बरामद गरेको थियो । इटालीको सामुद्रिक निगरानी विमानले सिसिलियन तटमा तैरिरहेको २ हजार किलो कोकिनको भण्डार फेला पारेको थियो । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । इटालीको भन्सार विभागले ७० वटा प्याकेट बरामद गरेको थियो । जमिनमा राखेर प्याकेट खोल्दा त्यसमा कोकिन निस्कियो ।

 

भन्सार अधिकारीहरूका अनुसार कोकिनको प्याकेटहरू माछा मार्ने जालमा बेरेर फालिएको थियो। त्यसमा एक चम्किलो ट्र्याकिङ उपकरण पनि जडान गरिएको थियो, ताकि यसलाई पछि पुनःप्राप्त गर्न सकियोस्। अधिकारीहरुका अनुसार यसलाई लुकाउन कार्गो जहाजबाट फ्याँकिएको थियो । तस्करहरूले पछि फेला पारेर तोकिएको ठाउँमा आपूर्ति गर्ने आशा गरेका थिए।

 

यसरी समुन्द्रबाट कोकिन बरामद हुनु कुनै नौलो कुरा होइन । यसअघि फेब्रुअरीमा न्युजिल्याण्डले प्रशान्त महासागरबाट ३,५०० केजी कोकिन बरामद गरेको थियो। यसको लागत ५०० मिलियन डलर थियो । यसलाई कालो र गुलाबी रंगका ८१ प्याकेटमा बन्द गरी प्रशान्त महासागरमा फ्याँकिएको थियो । अधिकारीहरूले तस्करहरूले यसलाई अष्ट्रेलियामा आपूर्ति गर्न चाहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्