बाजुरामा ट्याक्टर बगेर कैलालीका चालक सम्पर्क विहीन

बाजुराः बाजुरामा ट्याक्टर खोलामा बगेर कैलालीका चालक सम्पर्क विहीन भएका छन्। बाजुराको अनाया खोलामा आइतवार राति ११ बजे कोल्टीबाट आउने क्रममा से २ त ३२२५ नम्बरको ट्याक्टर खोलामा बगेको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ को अन्दाजी २७/२८ वर्षीय डुबनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। ट्याक्टर र ट्रली खोलाको बीच भागमा फेला परेको र चालक अझै बेपत्ता रहेको जनाइएको छ। चालकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्