चीनमा विद्यालयको व्यायामशाला भत्किँदा ११ जनाको ज्यान गयो : एक जना पक्राउ

चीनमा विद्यालयको व्यायामशाला भत्किँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।

 

उत्तरपूर्वी चीनमा वर्षाका कारण व्यायामशालाको छत भत्किँदा उनीहरुको ज्यान गएको हो । घटना हुँदा व्यायामशाला भित्र १९ जना फसेका थिए । चार जना भाग्न सफल भएका छन् ।

 

भग्नावशेषबाट १५ जनालाई निकालिएकोमा चार जना घाइते छन् । हेलोङजियाङ प्रान्तको क्विहार सहरमा रहेको व्यायामशालाका प्रमुखलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

 

  • स्रोतः उज्यालो

प्रतिक्रिया दिनुहोस्