पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने कञ्चनपुरका पुष्पराज काठमाडौंमा पक्राउ

कञ्चनपुरः पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने कञ्चनपुरका पुष्पराज जोशी काठमाडौंमा पक्राउ परेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्ने ४२ वर्षीय पुष्पराज जोशी पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ परेका हुन्।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका जोशीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेका जोशीले पोल्याण्ड पठाइदिन्छु भन्दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

 

प्रतिक्रिया दिनुहोस्