बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

बैतडीः बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ। जिल्लाको पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा गएराति माथिबाट खसेको पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको हो।

 

मुत्यु हुनेमा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन जागरी रहेको प्रहरीले बताएको छ। अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक कमलप्रसाद चौधरीले जानकारी दिए। स्थानीय र प्रहरीको सहयोगमा गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्