अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं, कञ्चनपुर, पुनर्वास नगरपालिका-५ सिम्री पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-११ बेला बस्ने ३३ वर्षीय मान बहादुर रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतको खजुरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-०११ प २२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

रूपन्देही, मायादेवी गाउँपालिका-२ कचकचाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५१ मिलिग्राम र नगद ५८ हजार ७ सय २ रुपैयाँसहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-१ बस्ने २४ वर्षीय राज कुमार दुसाध, ३० वर्षीय जगदिस कुर्मी, २७ वर्षीय राज कुमार कुर्मी, २३ वर्षीय गणेश चौधरी कुर्मी र २० वर्षीय कृष्ण कुर्मी रहेका छन् । ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.२१ प ४७८९, लु.२४प २१२ र लु.२३ प ५८७० नम्बरका ३ मोटरसाइकल समेत बरामद गरेको छ ।

 

काठमाडौं, काठमाडौं महानगरपालिका-१४ कलंकी सुनारगाउँ नजिक सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ६० ट्याब्लेटसहित सोही ठाउँ बस्ने सर्लाही लालबन्दी नगरपालिका-७ घर भएका १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका-१४ गंगा बस्तीबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो ५ ग्रामसहित सोही ठाउँ बस्ने भारत देवरिया पिपराथाना घर भएका ७० वर्षीय सुरेश कोईरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रही कार्यालय सिमरीबाट खटिएको प्रहरीले उनी बस्ने घरमा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो

कपिलवस्तु, यशोधरा गाउँपालिका-६ पुर्निहवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रूपन्देही सैनामैना नगरपालिका-२ पेरिसडाँडा बस्ने २८ वर्षीय बिकाश खत्री क्षेत्री र रूपन्देही शुद्धोधन गाउँपालिका-२ खैरेनी बस्ने २६ वर्षीय सबिक घर्ती मगर रहेका छन् । प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

नवलपरासी (पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-१२ भटौलिया बस्ने ३३ वर्षीय धिरज चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले मधेस प्रदेश ०३-००१ ख ७५२४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

सप्तरी, सुरुङ्गा नगरपालिका-२ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्रामसहित सोही नगरपालिका-२ हनुमान चोक बस्ने २२ वर्षीय मनिस चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्