प्रतिबन्धित भारतीय रूपैयाँसहित एक जना पक्राउ

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको ३ सय ६४ थानमा रहेको १ लाख ८२ हजार भारतीय रूपैयाँसहित भारत बिहार राज्य बैशाली ग्राम दाउदनगर-२ बस्ने ३८ वर्षीय मन्जय रामलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

  1.  प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्