नियन्त्रित लागूऔषधसहित पक्राउ

सर्लाही, बाग्मती नगरपालिका-१२ स्थितबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७५ पिससहित रौतहट गुजरा नगरपालिका-९ सिमरा भवानीपुर बस्ने २२ वर्षीय आशिष शर्मा ठाकुरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले ठाकुरलाई जाँच गर्दा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

 

रुपन्देही, बुटवल उपमहानगरपालिका-९ बसपार्क आउट गेटबाट नियन्त्रित लागूऔषध नुर्फिन ४० एम्पुल, फेनारागन ३७ एम्पुल र डाईजेपाम २४ एम्पुलसहित कास्की पोखरा महानगरपालिका-८ सिर्जना चोक बस्ने २३ वर्षीय बिश्वास गिरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट नयाँ बसपार्कबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्