कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मुस्ताङ थसाङ गाउँपालिका-२ घर भई काठमाडौं जोरपाटी बस्ने ४६ वर्षीय सम्राट शेरचनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतको २०७२ भदौ १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १४ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्