हतियारसहित एक जना पक्राउ

धनकुटा, चौबिसे गाउँपालिका-५ बज्रमाई बस्ने ५० वर्षीय सोइतन विकलाई एकनाले भरुवा बन्दुक १ थान, गोली १ थान र भरुवा बन्दुकमा लाग्ने बारुदसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

रुखमा जामुन टिपिरहेका सोही ठाउँ बस्ने ३२ वर्षीय भिम बहादुर याख्खालाई बाँदर जस्तो ठानी भरुवा बन्दुक प्रहार गर्दा घाइते भएको भन्दै विक स्वयंले खबर गर्नासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट मौनाबुधुकबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो । घाइते याख्खालाई उपचारको लागि धरान घोपा अस्पताल लगिएको र अवस्थामा मध्यम रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्