केपी ओली गएराति कम्बोडिया प्रस्थान

 

श्रावण ३-काठमाडैं,प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली गएराति कम्बोडिया प्रस्थान गरेका छन् ।

 

साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन ।।

प्रतिक्रिया दिनुहोस्