रोल्पामा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, २ जना बिरामी

असार २९ -रोल्पा,  रोल्पामा जंगली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ। रोल्पाको लुङ्ग्री गाउँपालिका–५ बुझिङका ६ वर्षीय बालक प्रेम गुरुङको मृत्यु भएको  वडाध्यक्ष रिखबहादुर रोकाले जनाएका छन्। असार २६ गते बुझिङ कालोपहर बस्ने दुर्गे गुरुङको श्रीमती ३३ वर्षकी भिमा गुरुङ, ११ वर्षका सुशिल गुरुङ र वर्ष ६ को प्रेम गुरुङले च्याउ खाई बिरामी परेका थिए। ​

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्