असार २९-धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परी एक महिला घाइते भएकी छिन्। जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का स्थित शुक्लाफाटा राष्ट्रिय निकुञ्जको छेउमा च्याउ टिप्ने क्रममा पाटे बाघको आक्रममा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डा बस्ने २५ वर्षीया बिन्दु डगौरा घाइते भएकी हुन्।
उनी बिहीवार च्याउ टिप्न गएका बेला पाटे बाघको आक्रममा परी घाइते भएको बेलौरी नगरपालिका–९ का वडा अध्यक्ष किसन रानाले बताए। वडा अध्यक्ष रानाका अनुसार करिब १०÷१२ जना महिलाको समुह च्याउ टिप्न गएका बेला पाटे बाघले डगौरा माथि आक्रमण गरेको थियो।
सबैले होहल्ला गर्दा बाघ भागेर डगौराको ज्यान जोगिएको छ। बाघको आक्रमणमा परी डगौराको आँखा र टाउको पछाडी चोट लागेको स्थानीय प्रेम चन्दले बताए। उनको आँखामा करिब २० टाका र टाउको पछाडि १० भन्दा बढी टाका लागेको स्थानीय चन्दले बताए। उनको अहिले धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।
स्रोतः दिनेश खबर
प्रतिक्रिया दिनुहोस्