अमेरिकामा हलिउड फिल्म उद्योगका कामदारहरु आन्दोलनमा

अमेरिकी फिल्म उद्योग हलिउडका कामदारहरु आन्दोलनमा उत्र्रेका छन ।

 

फिल्म तथा टेलिभिजन कलाकारहरु तथा रङ्गमञ्च सम्वद्ध महासंघ लगायतका संस्थाले आन्दोलन थालेका हुन । क्यालिफोर्नियास्थित नेटफ्लीक्सका साथै प्यारामाउन्ट, वार्नर र डिज्ने घेराउको कार्यक्रम उनीहरुले गर्न लागेका हुन । स्ट्रिमिङ तथा स्टुडियो कम्पनीहरुसँगको वार्ता असफल भएपछि कलाकारहरु आन्दोलनमा उत्रिएका हुन ।

 

उचित पारिश्रमिक तथा प्रसारण संस्थाहरुले गर्ने कमाईको भागवण्डाको माग आन्दोलनकारीको छ । उनीहरुले फिल्म उद्योगमा एआई र एनिमेसनको बढ्दो प्रयोगले कलाकारहरु विस्थापित हुनु परेको भन्दै आपत्ति जनाएका छन । करीब एक लाख ६० हजार कलाकारहरु आन्दोलनमा सहभागी हुने छन् । विगत ४० वर्षमा अमेरिकी रङ्ग कलाकारहरुले शुरु गरेको सबैभन्दा ठूलो आन्दोलन मानिएको छ ।।

प्रतिक्रिया दिनुहोस्