बैंकको कर्मचारीलाई स्कुल र कलेजको विद्यार्थीले लुटे

 

घटना भारत गुरुग्रामको हो ,

गुरुग्रामको सोहनामा बैंक कर्मचारीलाई लुट्ने चार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । चार अभियुक्तको उमेर १९–२२ वर्ष र दुई अभियुक्त ११ कक्षाका विद्यार्थी हुन् । प्रहरीले आरोपीको साथबाट चोरीका सामान समेत बरामद गरेको छ । अभियुक्तले पेस्तोलजस्ता हतियार प्रयोग गरी बैंकका कर्मचारीबाट नगद, ट्याब्लेट र अन्य सामान लुटेको प्रहरीले जनाएको छ ।

प्रहरीले आरोपीको साथबाट नगद २२ हजार ८ सय रुपैयाँ, ट्याब्लेट यन्त्र, ऋण फारम, बायोमेट्रिक बरामद गरेको छ । आरोपित चारै जनालाई बुधबार स्थानीय अदालतमा पेस गरिएको थियो, जहाँबाट उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्