जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

असार २८ -बर्दिया, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-४ भिमापुर घर भई गेरुवा गाउँपालिका-५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।

उदयपुर, ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बास्तोलाले ती महिलालाई असार १३ गते सोही नगरपालिका-६ सिरुवानीस्थित जंगलमा च्याउ टिप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको  छ ।

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्