साउनदेखि काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा जाने गाडीलाई प्रवेश शुल्क लिने

नुवाकोटको ककनी गाउँपालिकाले आगामी १ साउनदेखि काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने भएको छ ।

 

गाउँपालिकाले आर्थिक विधेयक मार्फत फोहोर बोकेर जाने गाडीहरुलाई प्रति गाडी शुल्क लिने प्रस्ताव पारित गरेको हो । फोहोरका ठूला गाडीलाई प्रति गाडी एक पटकमा सय रुपैयाँ र अन्य गाडीलाई पटकैपिच्छे एक हजार शुल्क लिने गरी प्रस्ताव पारि गरिएको हो ।।

प्रतिक्रिया दिनुहोस्