प्रधानमन्त्री दिल्लीले बनाउने कुरा भावनामा आएर बोलेको हुँ पुष्पकमल दाहाल “प्रचण्ड’

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीमा कुरा गरेको भन्ने अभिव्यक्ति भावनामा आएर दिएको बताउनुभएको हो ।

 

उनले आफ्नो छोरी ज्ञानु दाहाल बिरामी हुँदा दिल्लीमा प्रितम सिंहको घरमा बसेर उपचार गराएको र छोरी भेट्न आफू जाँदा सिंहले आफुलाई प्रधानमन्त्री बनेको देख्न चाहाने शुभेच्छा राखेको कुरा मात्र आफूले केही दिन अघिको सार्वजनिक कार्यक्रममा राखेको स्पष्ट पार्नुभयो । भावनात्मक र पारिवारिक वातावरणमा भएको सो कुरालाई मात्र आफूले पुस्तक विमोचन कार्यक्रममा राखेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले आफूले सो कुरा नभनेको भएपनि हुने भन्दै आत्मआलोचना समेत गर्नुभयो । उहाँले आफ्नो भावनात्मक अभिव्यक्ति राष्ट्रप्रति नै घात हुनेखालको नभएको बताउनु भयो । उहाँले सो कुरा प्रधानमन्त्रीको हैसियतमा नबोलेको भएपनि हुने कुरा आफुले स्वीकार गरेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भने –त्यो बेडपनि सम्झिएँ । जहाँ छोरी सुतिराखेको थियो । उठ्न सक्दैनथ्यो । प्रितमले भनेको कुर्सिपनि सम्झिएँ । यहाँहरु सबैलाई थाहा छ म अलिकति भावनात्मक त छु नै यही त प्रचण्ड भयो । अब गर्नुहुन्छ के ? थोरै भावनामा आएँ । र मैले त्यो कुरा नभने हुन्थ्यो । त्यो भन्नुपर्ने जरुरी त थिएन मलाई । तर मैले भने । मनमा आयो भनेँ । के मैले राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो ? यति सहज र स्वभाविक कुरा प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपथ्र्यो । तर त्यो दिन मलाई के सम्झना छ भने म प्रधानमन्त्री भएर बोलिन । म ज्ञानुको बुबा भएर बोल्न पुँगे । र त्यो सेन्टीमेन्ट सम्झिन पुगे मैले । र प्रितम सिंहको सदासयता प्रति धन्यवाद दिन पुँगे । त्यति त हो कुरा । यसले मैले हिजो क्रान्तिकालमा राष्ट्रको स्वाधिनता र भौगोलिक अखण्डताको निम्ति लडाइँ लडेको वर्षौसम्म काटियो, सिद्धियो यतिले ?’

 

प्रतिक्रिया दिनुहोस्