जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

आसार २५-झापा, १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धन कुमार लिम्बुलाई आइतबार राति प्रहरीले पकराउ गरेको छ ।

लिम्बुले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर पछाडी बासघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्