अवैध लागूऔषधसहित पक्राउ

असार २४ -कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाँउबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीय रन्जीत राना र २० वर्षीया पुष्पा राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित सर्लाही कौडेना गाउँपालिका-१ बस्ने ३५ वर्षीय कौशल शाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-१३ गुप्तीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय विक्रम भन्ने ओम बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

पर्सा, पोखरिया नगरपालिका-९ सेमरवारीबाट अवैध लागूऔषध गाँजा १२ केजीसहित पर्सा कालिकामाई गाउँपालिका-५ हरिहरपुर बस्ने ३२ वर्षीय बृज किसोर पासवानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पिठयुमा बोकेको झोला फालि भाग्न खोज्दा प्रहरीले पिछा गरी उनलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार अन्य १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्