खास्टो भित्रको राष्ट्रवाद !

२०८० असार १९ गते प्रितम सिंहमाथि किरणदीप सिन्धुले लेखेको पुस्तक रोड्स टु द भ्यालीस्द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल, नामक किताब विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्यक्त गरेको अभिब्याक्तिले नेपाली स्वाभिमान र सार्वभौम मूलुकको खिलाफको रुपमा बुझिएको छ । भारतीय मुलुकका एउटा व्यापारी प्रितम सिंहको प्रचण्डले बडो प्रसंन्न मुद्रामा सिंहजीले मलाई एक चोटि प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नु भयो । धेरै चोटि दिल्ली जानू पनि भयो काठमाण्डौमा नेताहरू साथीहरूसंग लगातार छलफल गर्नु भयो भनेर प्रितम सिंहको प्रसंसाको बाढी नै आयो । दाहालले यसो भन्दा नेपालका लागि भारतका राजदुत नवीन श्रीवास्त पनि कार्यक्रमै उपस्थित थिए । यो भनाईको अर्थले जनयुद्ध केको लागि र कस्को लागि गरिएको रहेछ भन्ने कुरा प्रस्ट भएको छ ।

मलाई प्रधानमन्त्री नेपाली जनता र नेपालको संसदले होईन भारतले बनाएको हो । नेपालको प्रधानमन्त्री बन्न भारतलाई खुसि बनाउनु पर्छ भन्ने संदेशको रूपमा बुझिने प्रचण्डको यो अभिब्याक्तिले स्वाभिमानी नेपाली जनताको सिर निहुराएको छ । सार्वभौम सत्ता सम्पन्न देशको गरिमालाई ठूलो ठेस पुगेको छ । एउटा नेताको गद्धारीलाई पहिचान गर्न देश र जनतालाई यति धेरै समय लाग्दो रहेछ भन्ने कुरा नेपाली जनताले आभास गरिरहेका छन् ।
आफ्नु स्वार्थसिद्ध गर्न कुनै पनि कसर बाँकि नराख्ने प्रचण्डको लागि युद्ध, सुरूङ्ग युद्ध, क्रान्ती, क्रमभङ्ग बोल्ड डिसिजन, पार्टी गठन, पुणर्गठन लगायत जे पनि गर्न र छेपारोले रङ्ग फेरे झै आफ्नु बोली फेर्न प्रचण्ड माहिर छन् । विभिन्न संचार माध्यममा सार्वजनिक तथ्याङ्क अनुसार प्रचण्ड बाबुराम त्यस्ता ब्याक्ति हुन जो भारतका विभिन्न सुविधा सम्पन्न सहरहरूमा बसि नेपालमा जनयुद्ध चलाउने र भारत बिरूद्ध कुनै पनि गतिविधी गर्ने छैनौ भनी अटल बिहारी वाजपेयी सरकारलाई निवेदन हाल्ने । यता नेपालमा भारतीय विस्तारवाद बिरूद्धको लडाई भन्दै सुरूङ्ग युद्ध गर्नु पर्छ भन्दै सोझासिदा नेपाली जनतालाई बंकर खन्न लगाउने । माओवादीले कति लामो सुरूङ्ग खन्यो त्यो त थाहा भएन तर गाउँवस्तिमा खनेका बंकर भने अईले पनि देख्न पाइन्छन् । प्रचण्डलाई युद्ध शब्द निकै फलिफाप पनि भएको छ । आफू देशको बारम्बार प्रधानमन्त्री भएका छन् । देश जावस भाँडमा फेरि पनि भविष्यको सत्ता स्वार्थको खेलकै पछाडी भारतीय बिस्तारवाद लगायत शक्ति केन्द्रका पछि कुदिरहेकै छन्। छोरी ज्वाइँ बुहारी भाइ भतिजा लगायत दाहाल सन्तानहरूले राजकिय सेवा सुविदा सुख्ख सहिल गर्न पाएकै छन् ।

तर देशले के पायो ? खर्बौको भौतिक संमरचना खरानी पारेर बिकासको गति दसकौ पछि पारेको अवस्था पायो । १७ ओं हजार भन्दा बडि नेपालीहरूको हत्या भएको दर्दनाक घटना पायो । लाखौ लाख नेपालीहरू घाइते अपांङ्ग र बिस्तावित भएको दुस्खत परिघटना पायो । हजारौ बालबालिका टुहुरा र अनाथ भएको हृदयबिदारक अवस्था पायो । जलस्रोत लगायतका थुप्रै प्राकृतिक स्रोत सम्पदा र स्वाभिमान भारत लगायात साम्रज्यवादी शक्तिहरूलाई बेच्न उद्धत दलाल रूपी चेहरा पायो । क्यान्टोनमेन्ट, बुडिगण्डकी, लगायत देशमा अनेकन नाममा भएका अर्बौ अर्ब भ्रस्टचारका चाँङ्ग पायो ।
२०८० र १७ देखि २० गते सम्म भारत भ्रमणमा रहेका प्रचण्डको स्वागतलाई लिएर प्रचण्ड आत्मरतिमा रमाए तर प्रधानमन्त्री एवं स्थायी सरकार प्रमुख, मुख्य सचिवलाई रोडमा उभ्यायर ६\७ जना नरर्ताकींहरूले स्वागतको नाउमा गित गाउँदै नौटंकी गरिएको दृश्यले स्वाभिमानी नेपालीहरूको सिर झुकाँएको छ । इतिहासमै लज्जावोद गराएको छ यो भन्दा ठूलो अपमान अरू के हुनसक्दछ र !

जबसम्म अर्को देशको सरकार प्रमुखले आफ्नो समकक्षीलाई आफू सरहको हैसियत ठान्छ त्यसलाई त्यही किसिमको स्वागत र सम्मान गर्छ । जब समकक्षी होईन आफ्नो आदेश र गराय अरायको काम गर्न तल्लीन र आफ्नो देशको स्वाभिमान बेच्न तयार हुनेहरू हुन्न भन्नठान्छ यस्तै ब्यवहार, स्वागत र सम्मान गर्छ भारतले । वर्तमान प्रधानमन्त्रीले मलाई भारतले प्रधानमन्त्री बनाएको हो भन्नुले माथि उल्लेखित माओवादी जनयुद्ध कस्ले र केका लागि थियो भन्ने कुरा प्रस्ट पारिदिएको छ । जो भारतीय सासक सामु लम्पसार पर्छन् उनलाई विभिन्न किसिमका लालच देखाउने, उचाल्ने पछार्ने स्वागतको नाम नौटंकी देखाउने गरेको देखिन्छ । भारतले ०७३ सालको प्रचण्डको भारत भ्रमणमा १०० मेगावाटको नौमुरे जलविद्युत आयोजना उपहार स्वरूप बनाई दिने भनेर प्रचण्डलाई मख्खै बनायर पठाएको थियन र ? तर खै त नौमुरे कता बन्दै छ । १६ बर्ष सम्म अलपत्र पारिएको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको टुङ्गो नलाग्दै । देशको विद्युत उत्पादन कम्पनीले बनाउन लागेको ४८० मेगावाटको फुककोट कर्णाली जलविद्युत आयोजनालाई ५१ प्रतिशत शियर भारतीय कम्पनी एन एस पिसीलाई बुझायर हाम्रो उत्पादन कम्पनी र कमर्चारीहरूको मनबल गिराउने, एन एस पिसीका कर्मचारीका भरिया बनाउदै कर्णालीकै अस्तित्व समाप्त पार्ने सम्झौता गरेको । ६६९ मेगावाटको तल्लो अरूण जलविद्युत परियोजना भारतीय कम्पनीलाई बुझाएर नेपालको जलस्रोत माथि भारतीय कम्पनीहरूलाई नेपालको जलस्रोतमा एकाधिकार सम्पिनु यो देशको लागि बिडम्बना हो । देश विकास भन्दा पनि भारतको नदि नदि ओगट्ने र पानी सुरक्षित गर्ने नितीमा समर्पित रहेर देशहित बिपरित भारतलाई खुसि पार्न गरिएका सम्झौता हुन भने नेपालको विद्युत भारतको बाटो हुँदै बंगलादेशलाई ५० मेगावाट सम्म विद्युत बेच्ने सम्झौता गरेर नेपालको जलविद्युत बंगलादेश संग व्यापार गर्ने ढोका खुलेको भन्नेमा विसस्त हुनु भ्रम मात्र हुने छ । यो नेपाली जनतालाई भ्रम श्रृजना गर्ने स्कंडल मात्र हो बंगलादेश संग विद्युत व्यापार हुनै सक्दैन नभारतले बाटो दिन्छ न बिद्युत व्यापार हुन्छ । यही सपना देखाई सत्ता लम्भ्याउने माध्यायम बाहिक अरू केही हुन सक्दैन ।

जनयुद्ध खाष्टोले ढाकेको बिरालोले म्याउ गरे जस्तै थियो भन्ने कुराको पुष्टि आफै प्रचण्डबाट प्रमाणित भएको छ । कथित जनयुद्ध प्रचण्डको स्वविवेकबाट होईन भारतकै इसरामा भएको थियो भन्दै आएका केही राजनिति पार्टी, बुद्धिजिवी, विश्लेसक र ब्याक्तित्वका भनाई संग मेल खादै गईरहेको छ । राष्ट्रघाती नागरिकता विधेयक प्रमाणिकरण गराएर भारतीय प्रधानमन्त्रीमोदीलाई कोशेली स्वरूप लिएयर भारत भ्रमणमा गएको प्रसंग होस या ईपिजी प्रतिवेदन, १९५०को असमान मैत्री तथा पारगवन सन्धी, लिपुलेक लिम्पियाधुरा कालापनी र सुस्ता लगायत देशका विभिन्न अतिक्रमित भुमिका बारे कुनै कुरा नउठाउनु होस या नव निर्मित भारतीय संसद भवनमा अखण्ड भारतको सास्कृिक नक्सा भन्दै त्यसमा राखिएको लुम्विनी, कपिलबस्तुको भुगोल समेटिएको नक्सा बारे वाक्य नफुट्नु होस या भारतीय फिल्म आदिपुरूषमा उल्लेखित सब्द सीता भारतकी छोरी हुन भनेको कुरामा कुनै प्रतिक्रिया नदिनु होस यी सबै संबेदनसिल सवालहरूप्रति त्यो भ्रमणमा वाक्य नफुट्नु मात्रै होईन तत्त सम्बन्धी कुरा उठाए माहोल विग्रने भएकोले कुरा नउठाएको भन्ने अभिब्याक्ति दिनुले नै जनयुद्धको प्रचण्ड पथ र भारत बिरूद्ध सुरूङ्ग युद्ध गरेका प्रचण्ड भारत भ्रमणमा किन नेपालको पक्षमा दरो कुरा प्रस्तु गर्न सकेनन त भन्ने प्रश्न खड्कि रहेको छ ।

अर्को कुरा २५ बर्षका लागि भारत संग १० बर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने सम्झौता गरेर नेपालको आर्थिक कायाँ पलट हुने भयो भनेर दिगभ्रमित गर्न खोजिएको छ । यदी यो सहमति सम्झौता कार्यान्वयन गर्ने नै गरि १० बर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने बाटोमा जाने हो भने यो भन्दा ठूलो देशलाई पराधिन र परनिर्भताको भुमरीमा धकेल्ने अर्को माध्यायम केही हुन सक्दैन । विद्युत अर्काको देशमा निर्यात गरेर होईन आफ्नै देशमा उधोग,कलकारखाना खोलेर विद्युतलाई चौतर्फि रूपमा प्रयो गरेर नै देश स्वाधिन र समृद्ध हुने हो यो कुरा बुझ्न जरूरी छ ।।

भरत बहादुर शाही
सचिवालय सदस्य, नेकपा एमाले, कर्णाली प्रदेश

प्रतिक्रिया दिनुहोस्