बैतडीमा नाबालिक करणी आरोपमा एक युवक पक्राउ

असार २२ -बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

 

बैतडी जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोट घर भएका राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन्। कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ।

 

अभियुक्त कुँवरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको बैतडी  प्रहरीले जनाएको छ।

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्