पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
५० जनाभन्दा धेरै घाइते घाइते भएका छन् । ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानको उद्धार विभागले जनाएको छ । पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानीमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा भएको छ । अस्ति र हिजोको वर्षाले सहरी क्षेत्रमा बाढी आएको छ ।
भौतिक पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ । सडक र अन्डरपास डुबान हुँदा यातायात सेवासमेत प्रभावित भएको प्रहरीले जनाएको छ । यसैबिच पाकिस्तानकै खैबर पख्तुनख्वा प्रान्तमा पहिरोमा परी आठ जना बालकको मृत्यु भएको छ । खैबर पख्तुनख्वा प्रान्तको शाँगला जिल्लाको मार्टुग इलामा क्रिकेट खेलिरहेका बालकहरु पहिरोमा परेका हुन् । क्रिकेट मैदानमा रहेका ९ जना मध्ये आठ जना बालक पुरिएर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।मृत्यु हुने बालकहरुको उमेर १२ देखि १४ वर्षसम्म रहेको प्रहरी जनाएको छ । पहिरोमा परेका एक बालक भने बेपत्ता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्