इस्ट जोन कपको उपाधि जितेको नेपाली युवा क्रिकेट टोलीलाई पुरस्कृत गरिने

 

एसिसी यु १६ इस्ट जोन कपको उपाधि जितेको नेपाली युवा क्रिकेट टोलीलाई जनही ५० हजार नगदले पुरस्कृत गरिने भएको छ ।

 

नेपाल क्रिकेट सङ्घ क्यानले यु १६ का खेलाडी र अफिसियललाई नगदसहित पुरस्कृत गर्ने भएको हो । मङ्गलवार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।।

प्रतिक्रिया दिनुहोस्