भारतमा एक सेनाको जवानले दाइजोको लागि जलाए आफ्नै श्रीमती र दुई महिने बच्चा

 

घटना भारतको मुजफ्फरपुर जिल्लाको हो जहाँ एक सेनाका जवानले आफ्नै श्रीमती र दुई महिनाको शिशुलाई पेट्रोल खन्याएर जिउँदै जलाएका छन

मृतकका भाइले बहिनीका श्रीमानले जागिर पाएपछि दाइजो १० लाख मागेर बहिनीसँग झगडा गर्न थालेको आरोप लगाएका छन् ।

हतारमा बच्चा र उनकी आमालाई उपचारका लागि निजी अस्पताल लगिएको थियो । त्यसपछि उनलाई श्रीकृष्ण मेडिकल कलेजमा लगियो
जहाँ दुबैको मृत्यु भयो । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेपछि घरमा ताला लगाएको फेला परेको थियो । मृतकका ससुराहरु फरार रहेको बताइएको छ ।

मृत्यु हुनेमा ३० वर्षीया सोनल प्रिया र उनका दुई महिनाका छोरा अचम रुप रहेका छन् । प्रहरीले आरोपित श्रीमानलाई पक्राउ गर्न विभिन्न ठाउँमा छापा मारिरहेको छ । यो घटना जिल्लाको अहियापुर थाना क्षेत्र अन्तर्गत बडा जगन्नाथस्थित प्रगति नगरको हो। यो घटनापछि पुरै इलाकामा हलचल मच्चिएको छ । मृतकका भाइ प्रकाश कुञ्जले आफ्नो घर दिदीको ससुरा नजिकै रहेको बताए ।
उनकी बहिनीको १० वर्षअघि हिमांशु नामका युवकसँग विवाह भएको थियो । विवाहको बेला उनी बेरोजगार थिए । घरको खर्च बुबा र भाइले नै बेहोर्नुहुन्थ्यो । विवाहपछि उनले सेनामा जागिर पाए र राजस्थानको जोधपुरमा काम गर्न थाले ।

प्रतिक्रिया दिनुहोस्