अवैध रूपमा अमेरिकी डलरको कारोबार गर्ने व्यक्ति पक्राउ

असार २१-काठमाडौं, अवैध रूपमा विदेशी विनिमय (अमेरिकी डलर)को कारोबार गरेको अभियोगमा ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३४ वर्षीय सनमोहन श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई ललितपुर महानगरपालिका-६ वकुवहालबाट अमेरिकी डलर १ सय दरको १ सय ९८ थानसहित पक्राउ गरेको हो ।

उनलाई विदेशी विनिमय सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धान कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको छ ।

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्