दक्षिण अफ्रिकामा विषाक्त ग्यास चुहावटबाट १६ जनाको मृत्यु

दक्षिण अफ्रिकाको ग्यास खानीमा प्रयोग हुने विषाक्त ग्यास चुहावटबाट सो¥ह जनाको मृत्यु भएको छ ।

 

जोहानेसवर्ग शहरको पुर्वी क्षेत्र बोक्सबर्गमा एउटा अवैध सुन खानीमा प्रयोग गरिएको नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण मजदुरहरुको मृत्यु भएको हो । एन्जेलो शान्ती शहरमा एउटा ग्यास सिलिन्डर लिक भएको अवस्थामा फेला परेको हो । प्रायः अवैध सुन खानीहरूमा सुन निकाल्न प्रयोग हुने नाइट्रेट अक्साइड ग्यासका कारण उनीहरुको मृत्यु भएको बताइएको छ ।

 

एन्जेलो शान्ती शहरमा एउटा ग्यास सिलिन्डर लिक भएको अवस्थामा फेला परेको हो । मृतकहरू घटनास्थलको सय मिटरको दायरामा भित्र फेला परेको बताइएको छ । रातको समयमा खोजी र उद्धार टोलीले आफ्नो काम जारी राखेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।।

प्रतिक्रिया दिनुहोस्