मरेको ह्वेलको आन्द्राबाट ४४ करोड रुपैयाँको सुन निकालियो

 

एट्लान्टिक महासागरमा अफ्रिकी तट नजिकैको क्यानरी टापुको नोगेल्सको तटमा भेटिएको विशाल ह्वेलबाट वैज्ञानिकहरूले खजाना फेला पारेका छन्। मृत फेला परेको यो ह्वेलको आन्द्राबाट ४४ करोड रुपैयाँको सुन भेटिएको उनीहरुले बताएका छन् ।

युनिभर्सिटी अफ लास पाल्मासको इन्स्टिच्युट फर एनिमल हेल्थ एण्ड फूड सेफ्टीका प्रमुख एन्टोनियो फर्नान्डेज रोड्रिग्वेजले ह्वेलको पोस्टमार्टम गर्दा पाचन समस्याका कारण मृत्यु भएको पत्ता लगाए। पोस्टमार्टमको क्रममा, रोड्रिग्वेजले जनावरको आन्द्रा भित्र केहि कडा रहेको भेट्टाए।

रोड्रिग्वेजले भने, ‘मैले जे निकालें त्यो ९.५ किलोग्राम तौलको ढुङ्गा थियो, जसको व्यास ५०–६० सेन्टिमिटर थियो। यस समयमा समुद्रका छालहरूले ह्वेललाई धोइरहेका थिए। जब म समुद्र तटमा फर्किएँ सबैले मलाई हेरिरहेका थिए तर मेरो हातमा के थियो त्यो एम्बरग्रीस हो भनेर उनीहरूलाई थाहा थिएन।ु

यो तैरिरहेको सुन एक प्रतिशत भन्दा कम ह्वेल भित्र पाइने अनुमान गरिएको छ। रोड्रिग्वेजको हातमा रहेको गाँठोको मूल्य ४ करोडभन्दा बढी थियो । जानकारीका अनुसार यो १०० मध्ये एउटा शुक्राणु ह्वेलमा उत्सर्जन हुन्छ, कहिलेकाहीँ एम्बरग्रीसको आकार निकै ठूलो हुन्छ । जसका कारण आन्द्रा दुख्छ र ह्वेल मर्छ ।

सन् २०२१ मा ला पाल्मामा विष्फोट भएको ज्वालामुखीका पीडितहरूलाई सहयोग गर्न संस्थानले एम्बरग्रिसबाट प्राप्त रकम दान गर्नेछ। फर्नान्डेजले भने,

प्रतिक्रिया दिनुहोस्