अवैध लागूऔषधसहित १० जना पक्राउ

असार २०- काठमाडौं, तारकेश्वर नगरपालिका-३ तिनपिप्ले चेक पोष्टबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट घर भई काठमाडौं म्हेपी बस्ने २३ वर्षीय बुद्धिमान तामाङ र २३ वर्षीय साम्देन सेरचन रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले बा.प्र.०२-०२९ प ४०४९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१० काठेपुलबाट अवैध लागूऔषध खैरो हेरोइन ३४ मिलिग्राम र चरेस १ ग्राम ३२ मिलिग्रामसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-१० काठेपुल बस्ने २६ वर्षीय किसन नाथ र सोही नगरपालिका-४ गोबरिया बस्ने २२ वर्षीया ज्ञानु बिष्ट रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बारा, निजगढ नगरपालिका-११ उनासिकिलो पुलबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ५ सय ग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा ढल्केवर नगरपालिका-७ केमलीपुर बस्ने ३० वर्षीया  राम पुकारी साह, पर्वत कुश्मा नगरपालिका-८ बस्ने ४५ वर्षीय कमल दमाई र तनहुँ व्यास नगरपालिका-११ बस्ने २१ वर्षीय अमित लम्साल रहेका छन् । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पोखराबाट जनकपुरतर्फ आउँदै गरेको ग.१ ख ९९२८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

पर्सा, पोखरिया नगरपालिका-६ सिर्सियाबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोसहित कालिकामाई गाउँपालिका-५ बस्ने ३२ वर्षीय रन्जित कुमार राउत समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले सिर्सियाबाट मानिपुरतर्फ जाँदै गरेको बीआर २२ ए डव्लु ७६०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ति चोकबाट अवैध लागऔषध खैरो हेराईन करिब १ ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने २९ वर्षीय राजु राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनार्वाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्