नियन्त्रित लागूऔषधसहित पक्राउ

मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ४ एम्पुल, एभिल ४ एम्पुल र डाईजेपाम ४ एम्पुलसहित सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने ३५ वर्षीय ओम भक्त बान्तावालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट नियन्त्रित लागूऔषध नाईट्रासेल ५६ ट्याब्लेटसहित दाङ घोराही उपमहानगरपालिका-१८ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्