भारतको कुल्लुको कसोलमा एक नेपाली युवती र सञ्चारकर्मीमाथि होटल सञ्चालकको कुटपिट

 

भारतको  कुल्लुको कसोलमा एक नेपाली युवती र सञ्चारकर्मीमाथि होटल सञ्चालकले कुटपिट गरेका छन् ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।यस क्षेत्रमा होटल सञ्चालकको ठूलो प्रभाव रहेको पीडितले आरोप लगाएकी छिन्, जसका कारण पुलिस पनि उनको पक्षमा देखिएको छ। अर्कोतर्फ, कुल्लु प्रेस क्लब र उत्तर भारत पत्रकार संघका सदस्यहरूले यस घटनाप्रति कडा आपत्ति जनाएका छन्। घटनास्थलमा उपस्थित केही सञ्चारकर्मीले पनि युवतीलाई बचाउने प्रयास गरेपनि होटल मालिक र उनका साथीहरूले उनलाई पनि कुटपिट गरेको बताइएको छ । पीडितका तर्फबाट होटल हिमालयन भिलेजका सञ्चालक र उनका छोराविरुद्ध प्रहरी चौकीमा उजुरी परेको छ, पीडित युवतीले आफू साथीसँग कसोलमा बस्दै आएको र साथी दुई सातादेखि बेपत्ता रहेको बताइन् ।

उनको साथी पछिल्लो पटक होटलका कर्मचारीसँग देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्