जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

असार १८-तेह्रथुम, आठराई गाउँपालिका-१ संक्रान्ति बजार बस्ने टासी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत ७ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ९३ हजार ५ सय ६ नेपाली रूपैयाँ र ८ हजार ३ सय ४० भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्