नक्कली नोटसहित एक जना पक्राउ

आसर १७ – ललितपुर, ललितपुर महानगरपालिका-४ ईमाडोलबाट ५ सय रुपैयाँ दरका १ सय ६० थान नक्कली नोटसहित सोही ठाउँ बस्ने  मकवानपुर मकवानपुरगढी गाउँपालिका-१ स्थायी घर भएका ४२ वर्षीय प्रशान्त भन्ने पासाङ भोम्जनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

            काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

 

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्