अमेरिकी सहर बाल्टिमोरको गोलीकाण्डमा दुई जनाको मृत्यु साथै २८ जना घाइते

 

अमेरिकी सहर बाल्टिमोरमा दुई जनाको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

तीन जनाको अवस्था गम्भीर रहेको प्रवक्ताले बताए ।

यो घटना मेरील्याण्ड राज्यको सहरको दक्षिणमा रहेको ब्रुकलिन होम्स क्षेत्रमा भएको हो, जहाँ मानिसहरू ब्रुकलिन डे नामक कार्यक्रमको लागि भेला भएका थिए।

फक्स न्यूजले २० देखि ३० गोली चलाएको बताएको छ। गोली प्रहार गर्नेबारे अहिलेसम्म कुनै विवरण आएको छैन ।

प्रतिक्रिया दिनुहोस्