शेयर बाजार आज ठूलो अंकले गिरावट

तीन दिनदेखि खुलेको शेयर बाजार ठूलो अंकले घटेको छ ।

गत साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस साताको पहिलो कारोबार दिन पनि त्यसैलाई निरन्तरता दिएको हो । आज शेयर बजार मापक नेप्से परिसूचक ५३.७० अंक घटेर २०९७.२९ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ । अघिल्लो कारोबार दिन करिब ६ अर्बको कारोबार भएको बजारमा आज २८६ स्टकको ७४ हजार ४४१ पटकको कारोबारमा ५ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

 

नेप्से घटे पनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था र सिटी होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य ७.७८ प्रतिशत बढेको छ भने लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नति कोषको इकाई मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । सृजनशील लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा आज हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ४२ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको साढे २७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सोल्टी होटलको करिब २१ करोडको शेयर कारोबार भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४.७५ प्रतिशत घटेको छ । त्यसैगरी, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्