कैलालीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

असार १७-  कैलालीमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ अमैराबाट ब्राउन सुगरसहित २२ वर्षिय पुरन चौधरी र ३४ वर्षिय अनिल चौधरी पक्राउ परेका हुन्।

 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनीहरुको साथबाट एक सय ६० मिलिग्राम ब्राउन सुगर फेला परेको छ। शनिवार साँझ इलाका प्रहरी कार्यालय टीकापुको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्