संसदमा सभामुखज्युको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । इन्दिरा राना

उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि
व्यक्त गरीन ।

 

६५ औं संसद दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई
सम्बोधन गर्दै उहाँले यस्तो बताएकि हुन । उनले आफूले केही समयअघि
सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि
वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताए ।
उनले नेपालको संसदमा सभामुखको मात्रै फोटो राख्ने गरेको तर उपसभामुखको
फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गरिन। उनले संसदमा उपभासमुखलाई
हेपाहा प्रवृत्ति देखाएको आरोप लगाइन ।

 

उनको भनाइ यस्तो छ : अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्युटिओको कन्फ्रेन्समा
। त्यहाँ पाल्र्यामेण्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका
सभामुखज्युले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ?
अहिलेका सभामुखज्युले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी
राख्नुभएको छ अभिलेखका रुपमा । हामीमा खै त त्यस्तो ? भित्र पस्ने बित्तिकै
त्यहाँ सम्माननीय सभामुखज्युको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन ।
उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ ।’
उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको
बताएकि हुन ।

प्रतिक्रिया दिनुहोस्