पाकिस्तानमा बस एकापसमा ठोक्किँदा सात जनाको मृत्यु

 

पाकिस्तानको सिन्ध प्रान्तमा तीव्र गतिमा रहेका दुईवटा बस एकापसमा ठोक्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । दुर्घटना शुक्रबार भएको एक प्रहरी अधिकारीले जानकारी दिए । एउटा बस लाहोरबाट कराँची आउँदै थियो भने अर्को कराँचीतर्फ गइरहेको थियो। दुवै बसको गति धेरै थियो र त्यसले गर्दा दुवै ठोक्किए उनले भने।

पाकिस्तानको सिन्ध प्रान्तका प्रहरी स्टेसन इन्चार्ज नाजिम भुट्टोले नौशेरो फिरोजको मोरोनजिकै भएको उक्त घटनामा कम्तीमा सात जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिए। घाइतेहरूलाई नवाबशाह र नौशेरो फिरोजको अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्