डडेल्धुरामा एक युवकको मृत्यु

असार १६-डडेल्धुराः डडेल्धुरामा एक युवकको मृत्यु भएको छ।

 

डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर–३ भट्वाडिका धन वहादुर वोहराका १८ वर्षीय छोरा राम वोहराको मृत्यु भएको हो। जङ्गलमा भिरबाट लडेर घाइते भएका रामको उपचारका लागि जोगबुडा अस्पताल ल्याउदै गर्दा वाटो मै मृत्यु भएको परिवार स्रोतले जनाएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्