फ्रान्सको राजधानी पेरिसमा १७ वर्षीय युवकलाई प्रहरीले गोली हानेर हत्या गरेको छ

फ्रान्सको राजधानी पेरिसको नान्तेरेमा एक १७ वर्षीय युवकलाई प्रहरीले अनियमित रूपमा गाडी चलाएको आरोपमा गोली हानेर हत्या गरेपछि हिंसा भडकिएको छ ।

 

दंगाका कारण ४० सवारी साधनमा आगजनी भएको छ भने २० जना घाइते भएका छन् । अरव देशको मुल निवासी युवकलाई प्रहरीले रोकेपछि भाग्ने क्रममा गोली चलाएको हो । गोली लागेपछि भाग्ने क्रममा उनको कार दुर्घटनामा परेको बताइएको छ । घटनामा गोली चलाउने ३८ वर्षीय प्रहरी अधिकृतलाई निलम्बन तथा पक्राउ गरिएको छ ।

 

राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनाको भिडियो भाइरल भएपछि आक्रोशित जनता सडकमा उत्रिएका हुन । उनीहरुले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्