साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीसहित दुई जनाको ज्यान गयो

साउदी अरबको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको ज्यान गएको छ ।

मारिनेमा अर्का बन्दुकधारी रहेका छन् । हिजो भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीले पुष्टि गरेका समाचार संस्था अलजजिराले जनाएको छ । कारमा आएका एक व्यक्ति जेद्दाको अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका र सुरक्षाकर्मीले उनलाई रोक्ने प्रयास गर्दा गोली चलेको खबरमा उल्लेख छ ।

गोली लागेर नेपाली सुरक्षा गार्ड र बन्दुकधारीको पनि ज्यान गएको हो । ज्यान गुमाएका नेपाली सुरक्षागार्डको परिचय खुल्न सकेको छैन । नेपाली सुरक्षा गार्ड अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका थिए ।

 

स्रोतः उज्जालो

प्रतिक्रिया दिनुहोस्