असार १४- दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर हिजो बेलुका एक जना बालकको ज्यान गएको छ भने ६ जना बालबालिका घाइते भएका छन् । निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा आठबिस–५ बस्ने बिर्खबहादुर थापाका छोरा उमेश थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ड्याम बर्सातका कारण भत्किएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिनुभएको छ । घाइतेमध्ये १३ वर्षका किरण बुढामगरको अवस्था गम्भीर रहेको आठबिस–५ का वडाध्यक्ष बजिरसिंह विकले बताउनुभएको छ ।
स्रोतः तुलसीपुर खबर
प्रतिक्रिया दिनुहोस्