थाइल्यान्डको एक अदालतले महारानी विरुद्ध प्रर्दशन गरेको आरोपमा पाँच सरकार विरोधी प्रदर्शनकारीलाई सफाइ दिएको छ ।
यो केस २०२० मा प्रजातन्त्र समर्थक विरोध प्रदर्शनबाट उत्पन्न भएको हो, जब रानी सुथिदा बोकेको शाही काफिलेलाई राजधानी बैंककमा प्रदर्शनकारीहरूले रोकेका थिए
अदालतले भन्यो कि प्रर्दशनकारीहरूले शाही काफिलेलाई र्यालीबाट गुज्र्दा अवरोध गर्ने उद्देश्यले त्यस ठाँउमा प्रर्दशन कार्यक्रम गरेका थिएनन्।
थाइल्याण्डको संविधानमा राजतन्त्रको सम्मानलाई उच्च स्थानमा राखेको छ, जसको आलोचनागरे लामो जेल सजाय दिइन्छ।
एक विवादास्पद लेस मेजेस्टे कानूनले राजतन्त्रको अपमान गर्न निषेध गर्दछ र यो संसारमा सबैभन्दा कडा कानून हो। कानूनको उल्लङ्घन गरेको पाइएमा १५ वर्षसम्म जेल सजाय हुन सक्छ।
आलोचकहरू भन्छन् कि सेना समर्थित सरकारले यो कानूनलेअ स्वतन्त्रता दबाउन प्रयोग गर्दछ, र संयुक्त राष्ट्रले थाइल्याण्डलाई बारम्बार यसलाई संशोधन गर्न आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस्