असार १३-पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका–१ भदौरेमा हिजो विषाक्त च्याउ खाएका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ । यस्तै, फिदिम नगरपालिका–११ लक्सीबोटेमा विषाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्