दक्षिण कोरिया गएका झापाका एक युवकले आज आत्महत्या गरे

असार १२- बिर्तामोड, वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका झापा बिर्तामोडका एक युवकले आज आत्महत्या गरेका छन् ।

नेपालबाट करिब दुई महिनाअघि कोरिया गएका बिर्तामोड–२ का छत्रबहादुर बस्नेतले आत्महत्या गरेका हुन् । उनी छन्लाफोक्दोको घाना कम्पनीमा कार्यरत रहेका थिए । हिजो बिहान काममा जाँदा उनलाई कम्पनीले काम गर्न नदिएर नेपाल पठाइदिने भनेर गाली गरेर रूम फर्काएको थियो । आज बिहान काममा नजाँदा रूममा गएर हर्दा आत्महत्या गरेको अवस्थामा बस्नेतलाई भेटिएको नेपाली दूतावास सियोललाई उद्धृत गर्दै उनका मामा भक्त मनोक्रान्तिले जानकारी दिएका छन् ।

घटनाबारे जानकारी प्राप्त भएको परिवारले जनाएको छ । हिजो र आज मात्रै गरेर कोरियामा २ जनाले ज्यान गुमाएका छन् । हिजो हृदयघातका कारण सुर्खेतका एक युवकले ज्यान गुमाएका थिए

प्रतिक्रिया दिनुहोस्