अवैध लागूऔषधसहित सात जना पक्राउ तथा बरामद

असार १३-धनकुटा, धनकुटा नगरपालिका-९ बेलहारा घर भई सोही नगरपालिका-७ डेरा गरी बस्ने २४ वर्षीय सुनिल श्रेष्ठ समेत ४ जनालाई अवैध लागूऔषध गाँजा १ केजी, स्पास्पेन ४ हजार ८ सय ५० क्याप्सुल र ट्रामोल ४ हजार ८ सय ५० क्याप्सुलसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले आफ्नो कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले जाँच गर्दा श्रेष्ठको कोठाबाट उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

जुम्ला, चन्दननाथ नगरपालिका-५ कार्कीवाडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २२ वर्षीय मदन भण्डारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  भण्डारीले लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्ला र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-३ ऐरिचोकस्थित आचार्य चिया पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित सोही नगरपालिका-९ लाटिकोईली बस्ने २५ वर्षीय देबु भण्डारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भण्डारीलाई साथमा रहेको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, बहुदरमाई नगरपालिका-४ जसौली चाईनिज पुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित विरगंज महानगरपालिका-२६ सुगौलिबिर्ता बस्ने ५७ कृष्ण मुरारी पटेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डकैलाबाट खटिएको प्रहरीले साइकलमा आएका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

मोरङ, बुढिगंगा गाउँपालिका-४ स्थितबाट अवैध  लागूऔषध गाँजा करिब ३८ केजी बुधबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीलाई देख्नासाथ पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल चालकले जेब्रा झोला र पछाडि बोकेको भिर्ने झोला फाली फरार भएपश्चात दुवै झोला जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 स्रोतः नेपाल प्रहरी

 

 

प्रतिक्रिया दिनुहोस्